
१५ फागुन, काठमाडौं । नेपालमा बोलिने १ सय २३ भाषाकै शब्दकोष बन्ने भएको छ । लोप हुन लागेकाबाट भाषा आयोगले काम थालेको छ । २९ अति लोपन्मुख र ३७ वटा लोपोन्मुख छन् । ‘हामीले केही भाषाको शब्दकोष निर्माण गरिसकेका छौं,’ आयोग अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘हरेक वर्ष १० देखि १५ भाषाको शब्दकोष निर्माण गर्ने योजना छ । ’
जेरुङ, चाम्लिङ, साम्पाङ, लाप्चा, आठपहरीया, कुसन्डा र स्युवाको शब्दकोष बनाइएको छ । लिङ्खिम, बज्जिका, छन्त्याल, सन्थाल, भोटे, शेर्पामा काम भइरहेका अधिकृत मनोज पौड्यालले बताए । गत वर्ष हायू सुरेल, साम्पाङ, बेलहारे, जेरुङ, बोटे, दराई, राउटे, दुरा, कुमाल, ल्होमी, कुसुन्ठा, किसान, राजी, व्यासी, राजवंशी, तिलुङ, उराव, सोनाहा, दनुवार, जुम्ली मेचे, मगहीका शब्द संकलन गरिएको थियो ।
आयोगले यो वर्ष थप ६ भाषा संकलन गरेको छ । हायू सुरेल, साम्पाङ, बेलहारे, हायू सुरेल, साम्पाङ, बेलहारे, तिलुङ, उराव (कुडुख), सोनाहा, दनुवार, जुम्ली मेचे, भोजपुरी, स्युवा, मगही, याक्खा, छन्त्याल, थकालीको वर्णनिर्धारण, शब्द संकलन, भाषिक इतिहास लेखन जस्ता कार्य सम्पन्न भइसकेको छ । बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १५ बुधवार ०८:०८ मा प्रकाशित