
१५ फागुन, सिन्धुपाल्चोक । तीन वर्षदेखि बन्द रहेको मेलम्ची नगारपालिका २ स्थित एभरेस्ट टी गार्डेन प्राकृतिक रुपमा व्यवस्थित बनाएर चाँडै सन्चालनमा ल्याइने भएको छ । पर्यटकीय आकर्षणको केन्द्रबिन्दु चिया बगान आउँदो बैशाखमा सन्चालनमा ल्याउने लक्ष्यका साथ अर्गानिक सर्टिफिकेसनदेखि ईआईई को प्रक्रियामा लागिपरिरहेको एभरेस्ट टी गार्डेन का सन्चालक मोहन गिरीले बताए ।
बेस्ट क्वालीटिको चिया उत्पादन गरिरहेका छौ, त्यसैको अर्गाानिक सटिफिकेसन को प्रक्रियामा व्यस्त छौ, उनले भने । चिया बगानको माथिल्लो क्षेत्र शिवपुरी राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने भएकाले त्यससम्बन्धी छलफलमा रहेको उनले सुनाए । भूकम्पले पछाडी धकेलेको चया बगानसँगै होमस्टे, टी टिचीङ स्कुल देखि विभिन्न पर्यटकीय अवधारण लिएर खुला गरिनेछ । बुधबारको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७५ फागुन १५ बुधवार ०८:२५ मा प्रकाशित