
१५ फागुन, भक्तपुर । भक्तपुर दरबार रक्वायर प्रवेशद्धारसँगेै चारधाममध्येको जगन्नाथ मन्दिर अवस्थित छ । जगन्नाथ मन्दिरको शिलालेख अभिलेख सहितको जलद्रोणी राखिएको छ । इतिहासविद् डा. पुरुषेत्तमलोचन श्रेष्ठका अनुसार उक्त जलद्रोणीसहितको शिलालेख नेपाल सम्वत् ३४७ अर्थात ७९२ वर्ष पुरानो अभिलेख हो । उक्त शिलालेखको कतिपय अक्षर मेटिइसकेको अवस्था छ । मन्दिर र वलसँग सम्बन्धीत वस्तु जीर्णोद्धार गरेको अभिलेख शिलालेखमा उल्लेख छ । उनले भने, अभयमल्लको शासनकालमा महाभुकम्प गयो ।
अभयमल्लको पनि महाभुकम्पकै कारण मृत्यु भयो । सोही भूकम्पबाट क्षती भएको मन्दिर जीर्णोद्धार तथा पुननिर्माण भएको प्रमाण त्यही शिलालेख हुनुपर्छ, उनले भने ।धार्मीक सांस्कृतिक, ऐतिहासीक महत्वको इतिहास जान्ने महत्वपुर्ण अभिलेख संरक्षण गर्नुको सट्टा सम्पदा संरक्षणको जिम्मा लिएर बसेका निकायको बेवस्ताका कारण मासिँदै गएको इतिहासविद्हरु बताउँछन् । बुधबारको कान्तिपुर दैनिकमा लीला श्रेष्ठले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १५ बुधवार ०८:३७ मा प्रकाशित