back
CTIZAN AD

म्याग्दीमा फेरी हिमपात : जनजीवन प्रभावित

वि.सं.२०७५ फागुन १५ बुधवार

543 

shares

१५ फागुन, गलेश्वर । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।

मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । बेनी नगरपालिकाको ग्रामीण बस्तीमा सामान्य हिमपात भए पनि मालिका, मङ्गला, धौलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा चौँथो पटक हिमपात भएको छ ।

मालिका गाउँपालिका–५ देवीस्थान हिमपातले सेताम्ये भएको छ भने ओखरबोटलगायतका ठाउँमा पनि अहिले हिउँ परिरहेको स्थानीय टेकबहादुर बुढाले जानकारी दिए । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रमा पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेका ताकमका बुद्धिप्रसाद सुवेदीले बताए ।

उता म्याग्दीको दुर्गम गुर्जामा पुरानै हिउँ पग्लिनसकेको अवस्थामा पुनः हिमपात भएपछि समस्या उत्पन्न भएको छ ।

विद्यालयलाई ल्यापटप सहयोग

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले रु १७ लाख मूल्य बराबरका १९ थान ल्यापटप सहयोग गरेको छ ।

दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले रु १७ लाख मूल्य बराबरको १९ थान ल्यापटप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनले जानकारी दिनुभयो । संस्थाका प्रतिनिधिले विद्यालयमा हालै आयोजित एक कार्यक्रममा ल्यापटप हस्तान्तरण गरेका अध्यक्ष पुनले जानकारी दिए ।

सो संस्थाले यसअघि विद्यालयको भवन निर्माणमा पनि सहयोग गरेको थियो । भवनलगायत पूर्वाधार र शैक्षिक क्षेत्रमा संस्थाले रु डेढ करोड बराबरको सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

वि.सं.२०७५ फागुन १५ बुधवार १३:०० मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...