back

आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

वि.सं.२०७५ फागुन १५ बुधवार

339 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, डडेल्धुरा ।  आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन ।

मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्की जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन ।

वि.सं.२०७५ फागुन १५ बुधवार १३:०५ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...