
१६ फागुन, काठमाडौ । काठमाडौ महानगर क्षेत्रका सबै चोकमा सिसिक्यामारा जडान हुने भएका छन् । काठमाडौ महानगरपालिका र महानगरीय प्रहरी परिसरबीच सिसिक्यामारा जडान, सन्चालन र मर्मतसम्भारका लागि सम्झौता भएको छ ।
महानगरपालिकाको आर्थिक वर्ष ०७५-७६ मा स्वीकृत नीतिअनुसार २५ माघको नगर कार्यपालिका बैठकले सिसिक्यामारा जडान तथा सन्चालनको जिम्मा प्रहरीलाई दिने निर्णय गरेको थियो । यसका लागि महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम मेयर विद्यासुन्दर शाक्यले बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे । सम्झौतापत्रअनुसार महानगरका तर्फबाट सहसचिव डा. टोकराज पाण्डे र प्रहरी परिसरका नायब प्रहरी महानिरीक्षक शैलेश थापाले हस्ताक्षर गरेका छन् । बिहीबारको नयाँ पत्रिका दैनिकमा तिर्थराज बस्नेतले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:३१ मा प्रकाशित