back
CTIZAN AD

काएरो रेल दुर्घटनाः २० यात्रुको मृत्यु

वि.सं.२०७५ फागुन १६ बिहीवार

642 

shares

१६ फागुन, काएरो, इजिप्ट ।  इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो ।

दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिनुभएको यहाँको मन्त्री परिषद्ले जनाएको छ ।

“यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिनुभएको छ भने प्रधानमन्त्रीले उनको राजीनामा स्वीकृत गरेका छन्,” मन्त्रीपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०९:४३ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...