१६ फागुन, काठमाडौ । दलित युुवाले गैर दलित युवतिसँग प्रेम बिवाह गरेको प्रतिसोध साँध्न युवतिका माइती पक्षले युवककी आमालाई बलत्कार गर्ने प्रयास गरेका छन् । सप्तरीको वरहथवा नगरपालिका वार्ड नं १७ का वडाध्यक्ष राम विस्वास राय सहितको समुहले युवककी आमा धनेस्वरी रामलाई वलत्कार गर्ने प्रयास गरेको आरोप युवक पक्षले लगाएको छ ।
माघ २५ गते नै मलङगवाबाट भागेका वरहथवा १७ का जितेन्द्र राम र अन्जु राय स्थानिय विद्यालयमा ११ कक्षामा पढ्ने विद्यार्थी रहेको वरहथवा इलाका प्रहरी कार्यालयका प्रहरी निराक्षक आमोद कुमार सरेवारले जानकारी दिएका छन् । दुबै जना विवाह गर्ने उमेरका नभएकोले उनिहरुलाई खोजेर सम्झाई बुझाई गरी आ आफ्नो घर फिर्ता पठाउन सकिने प्रनि सरेवरले बताए ।
तर युवती पक्षले भने सरीर बन्धक र अपरहरणमा कारबाही गर्नु पर्ने जाहेरी इलाका प्रहरीमा दिएको छ । उता यूवक पक्षले बलत्कार र हत्याको प्रयास भएको भन्दै जिल्ला प्रहरी मलङगवा जाहेरी दिएको मुद्धा शाखाका हवलदार सीताराम चौधरीले जानकारी दिएका छन् ।
फागुन १० गते युवतीका बाबु अभिनन्दन राय र वार्ड अध्यक्ष राम विस्वास राय युवकको घरमा गएर धक्कामुक्की गर्दै युवककी आमालाई जबर्जस्ती गर्ने प्रयास गरेको स्थानिय बासीन्दाले बताएका छन् । लामो समयसम्म उक्त विषयलाई स्थानीय तवरमै मिलाउने प्रयास असफल भएपछि मात्रै दुबै पक्ष प्रहरीकोमा पुगेको स्थानीय प्रहरीले बताएको छ । प्रहरीले दुबै पक्षलाई राखेर समाधान खोज्ने प्रयास जारी राखेका प्रहरी निरीक्षक सेरवारले जानकारी दिए ।
वि.सं.२०७५ फागुन १६ बिहीवार १३:०६ मा प्रकाशित