back
CTIZAN AD

नेकपाले तीनदिन सम्म शोक मनाउने

वि.सं.२०७५ फागुन १६ बिहीवार

2.7K 

shares

 

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य रविन्द्र अधिकारीको नाममा तीन दिन शोक मनाउने भएको छ ।

बुधबार हेलिकप्टर दुर्घटनामा परेर  मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएपछि मृतकप्रति श्रदान्जली तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने लगायतका विविध निर्णय गरेको छ ।

नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा विहिबार बसेको बैठकले् आज देशभरीका पार्टी कार्यालयका झण्डा आधा झुकाउने तथा सबैतहका कार्यालयहरुमा शोक पुस्तिका राख्ने, फागुन २३ गते पार्टी केन्द्रको आयोजनामा काठमाडौंमा श्रद्धान्जली सभा गर्ने लगायतका निर्णय गरेको छ ।
त्यस्तै मन्त्री अधिकारी सहित मृतकका शब आज काठमाडौंमा ल्याएर टुँडिखेलमा श्रदान्जली दिइने नेकपाका महासचिव विष्णु पौडेलद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो पार्टीका सबै कमरेडहरु, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरु, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई आजै अपरान्ह ३ः०० बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’बिज्ञप्तिमा भनिएको छ ।


त्यसैगरी बैठकले मन्त्री अधिकारीको अन्तेष्टि भोली फागुन १७ गते उनकै गृहनगर पोखरामा गरिने बताउँदै दुर्घटनामा दिवंगत भएकाको परिवारलाई आवस्यक सहयोग गर्न समेत सरकारसँग अनुरोध गरेको छ ।

स्मरण रहोस् बुधबार (फागुन १५ गते) ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी सहित यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मृत्यु भएको थियो ।

वि.सं.२०७५ फागुन १६ बिहीवार १४:०४ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...