back

नेकपाले तीनदिन सम्म शोक मनाउने

वि.सं.२०७५ फागुन १६ बिहीवार

1.6K 

shares
GLOBAL IME AD
NTC AD

 

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य रविन्द्र अधिकारीको नाममा तीन दिन शोक मनाउने भएको छ ।

बुधबार हेलिकप्टर दुर्घटनामा परेर  मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएपछि मृतकप्रति श्रदान्जली तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने लगायतका विविध निर्णय गरेको छ ।

नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा विहिबार बसेको बैठकले् आज देशभरीका पार्टी कार्यालयका झण्डा आधा झुकाउने तथा सबैतहका कार्यालयहरुमा शोक पुस्तिका राख्ने, फागुन २३ गते पार्टी केन्द्रको आयोजनामा काठमाडौंमा श्रद्धान्जली सभा गर्ने लगायतका निर्णय गरेको छ ।
त्यस्तै मन्त्री अधिकारी सहित मृतकका शब आज काठमाडौंमा ल्याएर टुँडिखेलमा श्रदान्जली दिइने नेकपाका महासचिव विष्णु पौडेलद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो पार्टीका सबै कमरेडहरु, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरु, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई आजै अपरान्ह ३ः०० बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’बिज्ञप्तिमा भनिएको छ ।


त्यसैगरी बैठकले मन्त्री अधिकारीको अन्तेष्टि भोली फागुन १७ गते उनकै गृहनगर पोखरामा गरिने बताउँदै दुर्घटनामा दिवंगत भएकाको परिवारलाई आवस्यक सहयोग गर्न समेत सरकारसँग अनुरोध गरेको छ ।

स्मरण रहोस् बुधबार (फागुन १५ गते) ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी सहित यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मृत्यु भएको थियो ।

वि.सं.२०७५ फागुन १६ बिहीवार १४:०४ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...