
१७ फागुन, काठमाडौ । जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलायृ पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समुहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो ।
भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको कोभर्ट अप्रेसनमा युरोपको आवासीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरुसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखीन्छ ।
अहिले जर्मनीकेन्द्रीत रहे पनि अनुसन्धान युरोपको आवासीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरुसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ । शुक्रबारको कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७५ फागुन १७ शुक्रवार ०८:२९ मा प्रकाशित






























