back

ईयू बाहिरबाट बेलायत पुग्ने आप्रवासी सङ्ख्या १५ वर्षपछि अत्यधिक उच्च

वि.सं.२०७५ फागुन १७ शुक्रवार

330 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन, लण्डन, बेलायत ।  युरोपेली सङ्घ बाहिरबाट बेलायत पुग्ने आप्रवासीको सङ्ख्यामा १५ वर्षपछि यस वर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रवासी सङ्ख्यामा एक वर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रवासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रवासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।

यसरी हेर्दा बेलायतमा रहने आप्रवासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्कनुसार धेरै व्यक्ति बेलायतमा एक वर्षभन्दा बढी रहने गरी गएका छन् ।

तथ्याङ्कको विश्लेषण गर्दा खुद आप्रवासीको आप्रवासन र विदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ ।

तर कार्यालयले भनेको छ, आप्रवासी सङ्ख्यामा युरोपेली सङ्घ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि युरोपबाट जाने आप्रवासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका सिलसिलामा बेलायत आउने आप्रवासी सङ्ख्यामा विगत पाँच वर्षयता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ ।

सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने युरोपेली नागरिकको सङ्ख्यामा क्रमशः कमी आएको पाइएको छ ।

मध्य तथा पूर्वी युरोपेली मुलुक, जसलाई ईयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत आउनेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका युरोपेली आप्रवासी रहेका छन् ।

सन् २०१४ पछि बेलायतमा कामका लागि आउने व्यक्तिको सङख्याभन्दा विद्यार्थी भिषामा आउने युरोपेली आप्रवासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रवासीमा पछिल्लो समय धेरै विद्यार्थी रहने गरेको पनि जनाइएको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:२० मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...