back
CTIZAN AD

ईयू बाहिरबाट बेलायत पुग्ने आप्रवासी सङ्ख्या १५ वर्षपछि अत्यधिक उच्च

वि.सं.२०७५ फागुन १७ शुक्रवार

573 

shares

१७ फागुन, लण्डन, बेलायत ।  युरोपेली सङ्घ बाहिरबाट बेलायत पुग्ने आप्रवासीको सङ्ख्यामा १५ वर्षपछि यस वर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रवासी सङ्ख्यामा एक वर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रवासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रवासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।

यसरी हेर्दा बेलायतमा रहने आप्रवासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्कनुसार धेरै व्यक्ति बेलायतमा एक वर्षभन्दा बढी रहने गरी गएका छन् ।

तथ्याङ्कको विश्लेषण गर्दा खुद आप्रवासीको आप्रवासन र विदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ ।

तर कार्यालयले भनेको छ, आप्रवासी सङ्ख्यामा युरोपेली सङ्घ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि युरोपबाट जाने आप्रवासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका सिलसिलामा बेलायत आउने आप्रवासी सङ्ख्यामा विगत पाँच वर्षयता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ ।

सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने युरोपेली नागरिकको सङ्ख्यामा क्रमशः कमी आएको पाइएको छ ।

मध्य तथा पूर्वी युरोपेली मुलुक, जसलाई ईयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत आउनेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका युरोपेली आप्रवासी रहेका छन् ।

सन् २०१४ पछि बेलायतमा कामका लागि आउने व्यक्तिको सङख्याभन्दा विद्यार्थी भिषामा आउने युरोपेली आप्रवासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रवासीमा पछिल्लो समय धेरै विद्यार्थी रहने गरेको पनि जनाइएको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:२० मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...