back
CTIZAN AD

‘बी’ डिभिजन लिग : भगवतीले सातदोबोलाई हरायो

वि.सं.२०७५ फागुन १७ शुक्रवार

678 

shares

१७ फागुन, काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको पहिलो खेलमा श्री भगवती क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे । उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे । त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर गुरुङले गरे । उनले खेलको ८६औँ मिनेटमा गोल गरे ।

यता सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक–एक गोल गरे । दोर्जेले खेलको ६१, पृथ्वीले ७१ र भुवनले खेलको ८९औँ मिनेटमा गोल गरे । जीतसँगै श्री भगवतीले ३ अङ्क जोडेको छ । चार टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि हात पार्नेछ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १८:१५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...