back
CTIZAN AD

किन रोकियो साल्ट ट्रेडिङको ४० हजार बोरा चिनी भन्सारमा ?

वि.सं.२०७५ फागुन १८ शनिवार

708 

shares

१८ फागुन, पर्सा । साल्ट ट्रेडिङ कर्पोरेशनले सिर्सिया सुख्खा बन्दरगाहमा साढे ५ महिनादेखि अड्किएको सबै चिनी अझै छुटाउन सकेको छैन । बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँच पास नगराउँदा उसले साढे ४ करोड शुल्क बुझाउनु पर्ने भएको छ । बन्दरगाहमा अड्किएको साल्टको ५० हजार बोरा चिनीमध्ये १० हजार बोरा चिनी महिनाअघि जाँचपास गरी लगेको थियो । त्यतिबेला एक करोड रुपैयाँ धरौटी राखेर चिनी छुटाएको साल्टले त्यसयता चिनी नलगेको बन्दरगाहस्थित भन्सार प्रमुख उमेश श्रेष्ठले बताएका छन् ।

मन्त्रिपरिषद्ले यो बन्दरगाहमा रहेको साल्ट ट्रेडिङको २ हजार ५ सय टन र नेपालगन्ज भन्सारमा अड्किएको विभिन्न आयातकर्ताको १ सय ४४ टन चिनी जाँचपास गर्न दिने निर्णय गरेपछि बन्दरगाहमा अड्किएको चिनी छुटाउने बाटो खुलेको थियो । मन्त्रिपरिषद्ले भन्सार विन्दुमा भित्रिसकेको चिनीको हकमा मात्र यो निर्णय गरे लगत्तै साल्टले १० हजार बोरा चिनी लगेको थियो । सरकारले भन्सार नाका हुँदै चिनी आयातमा रोक लगाएको कारण बन्दरगाहमा असोज ६ देखि कर्पोरेशनको चिनी रोकिएको हो ।

शनिबारको कान्तिपुर दैनिकमा पर्साबाट शंकर आचार्यले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १८ शनिवार ०८:०४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...