back

प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालयले उठायो डेढ करोड

वि.सं.२०७५ फागुन १८ शनिवार

318 

shares
GLOBAL IME AD
NTC AD

खेमराज गौतम, १८ फागुन, गलकोट । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न रु एक करोड ६५ लाख सहयोग सङ्कलन भएको छ ।

विद्यालयले ७ देखि १६ गतेसम्म सञ्चालन गरेको स्वर्ण महोत्सवमा सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, जिल्लाका सम्पूर्ण पालिका, विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिलगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रुपमा रकम सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए ।

विद्यालयले सङ्कलन गरेको रु एक करोड ६५ लाखमध्ये रु एक करोड २९ लाख नगद तथा ३६ लाख बराबरको विद्यालयलाई भौतिक पूर्वाधार निर्माण गरिदिने बताइएको छ । सङ्कलन भएको रकमबाट अक्षयकोष निर्माण गरी त्यसको व्याजबाट प्राप्त रकमले कक्षा १२ सम्म निःशुल्क प्राविधिक शिक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

महोत्सवको अवसरमा सबैभन्दा बढी सहयोग गर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा उद्यमी चन्द्र ढकाल रु पाँच लाख, फौजबहादुर चोखाल रु चार लाख ५० हजार र विष्णु शेरचनले रु दुई लाख ५० हजार सहयोग प्रदान गर्नुभएको महोत्सवका आर्थिक संयोजक नरबहादुर थापाले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन एक वर्षभित्र शुरु गर्ने योजना विद्यालयको छ । शिक्षा मन्त्रालयबाट सम्बन्ध लिई कक्षा ११ र १२ मा कृषि तथा भेटेरेनरी विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताए ।

“कक्षा १२ पास भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अत्य गर्न प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, अध्यक्ष खत्रीले भने “अबको एक वर्षभित्र प्राविधिक शिक्षा सञ्चालनमा आउँछ ।” ताराखोला गाउँपालिका जिल्लाको दुर्गम गाउँपालिकामा पर्ने भएकाले विपन्न परिवारका विद्यार्थीले घरमै बसेर प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

वि.सं.२०७५ फागुन १८ शनिवार ०९:०३ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...