back

साउदीमा मनाइयो १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस

वि.सं.२०७५ फागुन १८ शनिवार

423 

shares
GLOBAL IME AD
NTC AD

साउदि अरब । नेपाली दिदीबहिनी समुह साउदीले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । विभिन्न कार्यक्रमहरू एकसाथ हुन गएकोले एक हप्ता अगावै १ मार्च २०१९ शुक्रबारका दिन साउदीको पूर्वी शहर दम्माम स्थित अल खयाम रेष्टुरेण्टमा नारी दिवस कार्यक्रम मनाइएको हो ।
नेपाली राजदूताबास रियादको द्धितिय सचिव श्रीमती तारा गौतमको प्रमुख आतिथ्यता र नेपाली दिदी बहिनी समुहकी संयोजक श्रीमती तुलशी गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।

नेपाली राष्ट्रिय गानसँगै सुरू भएको उक्त कार्यक्रमलाई प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी उदघाटन गरिएको थियो भने डिके चाम्लिङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा अतिथिको रूपमा दूतावासको स्थानिय कर्मचारी हरी घिमिरे लगायत विभिन्न संघ संस्थाको प्रतिनिधीहरू, समाज सेवीहरू, व्यबसायीहरू, मिडियाकर्मीहरू र विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली नर–नारीहरूको उस्थिती रहेको थियो ।

कार्यक्रमको पहिलो खण्डमा औपचारिक कार्यक्रम राखिएको थियो भने दोस्रो खण्डमा साँस्कृतिक कार्यक्रम राखिएको थियो । पहिलो खण्डको कार्यक्रममा मन्तव्य राख्ने क्रममा वक्ताहरूले नारी दिवस मनाउँदै गर्दा निर्मला पन्तको हत्यारा पत्ता लगाउन विलम्ब गरेको र राष्ट्रपति विद्या देवी भण्डारीलाई जानकी मन्दिरमा पूजा गर्दा गरिएको अपमानलाई सम्झँदै दुस्ख व्यक्त गरेका थिए । साथै गृहिणीहरूले आय–आर्जनको काम नगरिँदैमा केही नगरेको सम्झी दुखी नहुन आह्वान गर्दै बिहान देखी साँझ सम्म गरिने कार्यलाई मनन गर्न सुझाव दिएका थिए ।

दोस्रो खण्डमा स्थानिय कलाकारहरूले आ–आफ्ना गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रमलाई रोशन श्रेष्ठले संचालन गरेका थिए ।

वि.सं.२०७५ फागुन १८ शनिवार १२:१८ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...