back

एनआरटीएनसि नेपाली समाज साउदी अरबको आठौ बार्षिकोत्सव सम्पन्न

वि.सं.२०७५ फागुन १८ शनिवार

393 

shares
GLOBAL IME AD
NTC AD

साउदीअरब । एनआरटीएनसि नेपाली समाज साउदी अरबले आफ्नो आठौं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । साउदी अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा आज बिशेष कार्यक्रम गरि समाजले वार्षिकोत्सब मनाएको हो ।

महासचिव पेशल कुमार राइद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष विष्णु पोख्रेलले सभापतित्वमा गरेका थिए । कार्यक्रममा समाजका संस्थापकहरु पुर्व तथा वर्तमान पदाधिकारी लगायत पन्जिकृत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

विभिन्न चरणमा विभाजित कार्यक्रम प्रबक्ता खेमराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने बर्तमान प्रमुख सल्लाहकार डमर कुमार यादव, भुतपुर्व अध्यक्ष प्रेम सिंजालि, संस्थापक कोषाध्यक्ष खिम गर्बुजा, संस्थापक उपाध्यक्ष तेज थापा, भुतपुर्व उपाध्यक्ष आइत लिम्बू, आसिपल तामाङ लगायतका वक्ताहरुले आठौं वार्षिकोत्सबको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।

रोजगारीका सिलसिलामा साउदि अरब आइ आपसी एकता, सद्भाव र सहयोग गर्ने हेतुले नेस्मा पार्टनर्स, रबवि ग्रुप तथा नेस्मा ट्रेडिङ कम्पनीमा कार्यरत नेपालीहरुले सन २०१० मा नेपाली समाजको स्थापना गरेका थिए ।
समाजले आफ्ना कम्पनीमा विभिन्न कारणवश मृत्यु भएका एवम् जटिल रोगले ग्रसित हुन पुगेका नेपालीहरुलाइ आर्थिक सहयोग पुर्याउने देखि लिएर स्वदेशमा महाभुकम्प तथा दैवीप्रकोप जस्ता विपत्तिहरुमा समेत सहयोग गर्दै आइरहेको छ ।

वि.सं.२०७५ फागुन १८ शनिवार १२:२६ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...