
१८ फागुन, रियो दि जेनेरियो ।काराबासमा रहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुनअनुमति दिइएको छ ।
उनका सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उनलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको हो ।
अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उनको सहभागीता रहने अधिकारीले जनाएका छन् ।
अन्त्येष्टिमा सहभागी हुन उनी साओ पाउलोमा जाने कार्यक्रम रहेको छ । सो ठाउँ लुला परिवारको बाक्लो बस्ती भएको ठाउँ मानिन्छ ।
कडा सुरक्षा व्यवस्थासहित उनी विमानबाट कार्यक्रम स्थलमा पुग्ने कार्यक्रममा सहभागी हुने भएका छन् । ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिनाजस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमती दिन सक्ने व्यवस्था रहेको छ ।
ब्राजिलमा सैनिक शासन रहेका बेला जवरजस्ती काराबासमा राखिएका लुलालाई त्यतिबेला पनि आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन दिइएको थियो ।
वि.सं.२०७५ फागुन १८ शनिवार २०:१८ मा प्रकाशित