१९ फागुन, काठमाडौ । गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्तास्वरुप जनही ३० हजार भुक्तानी दियो ।
गत आर्थिक वर्ष मात्र यो नगरपालिकाका मेयरसहित सदस्यहरुको गैरकानुनी रुपमा बैठकभत्ता शीर्षकमा २६ लाख २ हजार ३ सय ५० रुयैयाँ बुझेका छन् । महालेखाले गैरकानुनी रुपमा लिएको बैठकभत्ता उनीहरुबाट असुलउपर गर्नुपर्ने बताएको छ ।
नगरपालिकाले जिल्लाका नेता सांसद र संघको मन्त्री बनेकोमा बधाई दिँदा मात्रै गत वर्ष एक लाख ७१ ह्जार राज्यकोषबाट खर्च गरेको छ । आइतबारको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगाना र सुवास भट्टले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १९ आइतवार ०८:२० मा प्रकाशित