back
CTIZAN AD

आदिवासी जनजाती महासंघ बहराइनको अध्यक्षमा झहर मान थेबे

वि.सं.२०७५ फागुन १९ आइतवार

600 

shares

नेपाल आदिवासी जनजाती महासंघ बहराईनको दोस्रो ऐतिहासिक अधिबेशन झहर मान थेबेलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
बहराइनको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको सभाहलमा मार्च १ मा सम्पन्न भएको उक्त अधिबेशनले महासंघको बरिष्ठ उपाध्यक्ष बिरेन्द्र तुम्बापो र उपाध्यक्षत्रयमा धन कुमार राई, तेम्बा शेर्पा, जित घर्ति मगर, महासचिवमा मिलन राई, प्रथम सचिवमा पदम गुरुङ,द्धितीय सचिवमा पेमा लामा, तृतीय सचिवमा मनु लाबुंग लिम्बु, कोषाध्यक्षमा च्याङबा लामा तामाङ, प्रथम कोषसचिवमा खगेन्द्र राई, द्धितीय कोष सचिवमा मिना गुरुङ, तृतीय कोष सचिवमा बुद्ध लक्ष्मी तामाङ (माया घिसिङ तामाङ) तथा सदस्यहरुमा एक राज राई, ग्याल्जेन सालाका शेर्पा, शेर बहादुर लुम्फुवा, कृष्ण बहादुर खाम्चा मगर र फुलमाया शेर्पा रहेका छन् ।

महासंघका अध्यक्ष ज्ञानेन्द्र तमु सभापतित्व, नेपाली दूतावास बहराईनका राजदूत पदम सुन्दासको प्रमुख आतिथ्यता रहेको उक्त अधिबेशनमा अतिथिहरु नियोग उपप्रमुख खगराज पान्डे, तृतीय सचिव रुथ कार्की, सामाजसेवि गम गुरुङ, नेपाली कल्ब बहराईनका उपाध्यक्ष दिपक गुरुङ, समाजसेवी तथा ब्यावसायी दुर्गा गिरी, एनआरएनएका अध्यक्ष लाल प्रसाद पुनले संयुक्तरुपमा दिप प्रज्जलन गरि अधिबेशनको उद्घाटन गरिएको थियो ।

बरिष्ठ उपाध्यक्ष विरेन्द्र तुम्बापोको स्वागत मन्तव्य रहेको उक्त अधिबेशनमा प्रमुख अतिथि राजदूत सुन्दास लगायतका अतिथिहरु नेपाली जनसम्पर्क समितिका सभापति पदम सुन्दर गुरुङ, समाजसेवी गम गुरुङ, एन आरएएन बहराइनका अध्यक्ष लाल पुन, नेपाली क्लबका उपाध्यक्ष दिपक गुरुङ, तथा अन्तराष्ट्रिय तामांङ परिषदका उपाध्यक्ष सोनम दोंङ तामाङले आ–आफ्ना भनाई राखेका थिए ।
औपचारिक कार्यक्रमको सभापतिबाट पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा पश्चात निर्वाचन समितिको गठन गरिएको थियो । सस्थाको दुई बर्षको कार्य प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरे पश्चात अध्यक्ष ज्ञानेन्द्र तमुले कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो नेतृत्वको कार्यसमिति भंग गर्दै मार्ग प्रसस्त गरेका थिए ।
नेपाली क्लबका उपाध्यक्ष दिपक गुरुङ लगायत सदस्य स्याम किराँती तथा किशोर गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन आयोगको भुमिका निभाउदै न्यायपूर्वक निर्वाचन प्रकृया पुरागरी आयुक्तको भुमिकामा रहेका आयुक्त दिपक गुरुङले बधाई दिदै  प्रमाण पत्र प्रदान गरेका थिए ।

वि.सं.२०७५ फागुन १९ आइतवार ११:४६ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...