back
CTIZAN AD

डोको बुनेरै बित्यो दलबहादुरको जिन्दगी

वि.सं.२०७५ फागुन १९ आइतवार

2K 

shares

१९ फागुन, गलेश्वर ।  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका ७० वर्षीय दलबहादुर विकले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै बिताए । जीवनका अनेकौँ घामपानी भोगेका विक अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर उनको जाँगर र जोश भने १६–१७ वर्षे जवानको जस्तो देखिन्छ ।

घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोराबुहारीको कमाइ खाने बेलामा १०–१२ ओटा डोकाको भारी बोकेर बजारमा ग्राहक खोज्दै हिँड्न बाध्य छन् उनी । “के गर्नु हजुर १ छोराबुहारीले हेरेनन्, सम्पत्ति छैन, बसेर खान पुग्दैन, त्यसैले यो उमेरमा पनि डोको बुनेर बेच्न हिँडेको छु,” विक भन्छन् ।

विकले एक वटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री गर्छन् । “अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चहार्नुपर्छ,” विकले बताए ।

विकले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताए । “अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अब कति नै बाँचुला र रु बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु,” विकले भने ।

हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बूढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेशा नै बनेको विकको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घर खर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने उहाँको भनाइ छ । “छोराबुहारीले नहेरेपछि यही डोको बुनेर श्रीमती र म पालिएका छौँ,” विकले भने ।

बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने उहाँको अवस्था रहेको छ । ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पु¥याउन सक्ने हो भने बिक्रीको कुनै समस्या नभएको उनी बताउँछन् ।

वि.सं.२०७५ फागुन १९ आइतवार १३:०१ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...