
१९ फागुन, काठमाडौं । पूर्वउपप्रधान मन्त्री भरत मोहन अधिकारीलाई उनका तीन छोरीले दागबत्ती दिएका छन् ।
पशुपती आर्यघाटमा राजकिय सम्मानका साथ गरिएको अन्त्येष्टिमा अधिकारीका छोरिहरु लुना, लिजा र लिनाले दागबत्ती दिएका हुन् ।
आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री इस्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए । अधिकारीको नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा अधिकारीका दाजु मनमोहन अधिकारी र तत्कालिन महासचिब मदन भण्डारीको अन्त्येष्टि गरिएकै चितामा गरिएको नेकपाका नेताहहरुले जनाएका छन् ।
वि.सं.२०७५ फागुन १९ आइतवार १६:२१ मा प्रकाशित