२० फागुन, काठमाडौ । रुपन्देहीको तिलोत्तमास्थित सुमधुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले सहकारीको रकममा मनोमानी गरेको गुनासो प्रदेश ५ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेको छ । अध्यक्षले नियम विपरीत लगानी गरेको, मनपरी पेस्की लिएको, आफूहरुको बचत असुरक्षित भएको भन्दै उजुरी परेपछि मन्त्रालयले पत्र पठाएर हिसाब मिलान गर्न निर्देशन दिएको हो ।
सहकारीको विशेष साधारणसभा भयो । तर, रकम हिनामिना गर्ने सञ्चालक समितिमाथि कारबाही भएन न त गुनासो गर्नेले न्याय नै पाए । रकम हिनामिना गर्ने अध्यक्षलाई कारबाही गर्न सकिन्थ्यो तर प्रदेशमा सहकारी सम्बन्धी कानुन नबनेको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएन । रुपन्देहीमा हालै भएको एउटा प्रतिनिधिमुलक घटना हो यो ।
सहकारीको नियमन निकास डिभीजन सहकारी कार्यालय खारेज भएपछि सहकारीको नियम शून्य छ । रुपन्देहीमा मात्रै सहकारीमा ३० अर्ब छ । सेयर, कोष तथा निक्षेपमा रहेको यति ठूलो रकम कारोबार गर्ने सहकारीको नियमन गर्ने निकाय निकै कमजोर छ । आजको अन्न्पूर्णपोष्टमा रुपन्देहीबाट लक्ष्मण पोखरेलले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २० सोमवार ०८:०१ मा प्रकाशित