back

एनआरएनए स्वीडेनद्धारा छात्रवृत्ति तथा विद्यालय निर्माणमा आर्थिक सहयोग

वि.सं.२०७५ फागुन २० सोमवार

363 

shares
GLOBAL IME AD
NTC AD

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको पहलमा रोल्पाको एक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
एनआरएनए स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठको सहभागीतामा ‘चाइल्ड टु चाइल्ड’ सहयोग कार्यक्रम अन्तर्गत सिद्धार्थ मावि घोप्टे ओडार, गंगादेव ३ रोल्पामा द्धन्द्धपीडित, टुहुरा तथा अनाथ बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।
उक्त छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीलाई विगत डेढवर्ष देखि मासिक ५० स्व्ीडिस क्रोनर रकम उपलब्ध गराउँदै आएको बताइएको छ । उक्त रकम स्विडेनमा वस्ने नेपालीहरुका छोरा छोरीले आफ्नो खाजा खर्चवाट सहयोग गरिएको बताइएको छ ।
यसैगरी एनआरएनए स्वीडेनले सिद्धार्थ नमुना बिद्यालय भवनको दुई कोठा निर्माणका लागि ७ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । साथै रुकुमको बाफिकोटको छिन्खेतमा हेल्थपोष्ट निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा समेत गरेको छ । उक्त हेल्थपोष्टको भवन शिलान्यास फागुन ९ गते गरिएको छ ।

सोहि अवसरमा अध्यक्ष श्रेष्ठले सिद्धार्थ माविलाई नमुना बनाउनका लागि एनआरएनए स्वीडेनको सहयोग निरन्तरता हुने बताउँदै परोपकारी काममा सहयोग गर्ने योजना व्यवस्थापन समितिका सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७५ फागुन २० सोमवार १०:०४ मा प्रकाशित

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...