back

यस्तो भयो बाह्रौ प्रांगारिक कृषि मेला (तस्बिर र भिडीयोसहित)

वि.सं.२०७५ फागुन २० सोमवार

534 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलमा आयोजित बाह्रौ राष्ट्रिय प्रांगारिक  कृषि मेला आइतबार सम्पन्नभएको छ ।
‘प्रांगारिक कृषि पद्धति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मुल नारासहित फागुन १६ देखि १९ सम्म चलेको उक्त मेला ६० हजारले अवलोकन गरेको आयोजकले बताएका छन् ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा सम्पन्न चारदिने उक्त मेलामा एकसय २५ स्टल राखिएको थियो । मेलामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका अग्र्यानिक स्टलहरुका साथै प्रांगारिक मल, स्थानीय परिकार, स्थानीय बीउ, बाली उपचार शिविर, माटो परीक्षण लगायतका विभिन्न सेवा सहितका स्टलहरु राखिएको थियो ।

उक्त मेलाको शनिबार कृषि मन्त्री चक्रपाणी खनालले पनि अवलोकन गरेका थिए ।
पछिल्लो समय तरकारी लगायतका खाद्य वस्तुमा अत्यधिक विषाधि प्रयोग गरिँदा त्यसले उपभोक्तको स्वास्थ्यमा हानी प¥याएकोले प्रांगारिक तरिकाबाट उत्पादन बढाउन तथा उपभोक्ताले पनि अग्र्यानिक नै उपयोग गर्नुपर्छ भन्ने सन्देश दिन उक्त मेलाको आयोजना गरिएको आयोजकको भनाईछ ।

वि.सं.२०७५ फागुन २० सोमवार १३:०६ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...