२१ फागुन, गोरखा । जोत्ने खेत उही हो । हलो, अनौ, फाली, हरिस, सबै उही । हली पनि उस्तै हुन् । फरक के भने गोरुको सट्टा मान्छे नै नारिन्छन्् । आधुनिक प्रविधिको विस्तारसँगै गाउँ गाउँका खेतबारी खनजोत गर्न ट्रयाक्टर पुगे पनि उत्तरी गोरखाका मान्छे जोत्नुपर्ने बाध्यता अझै छ । यहाँ मकैको बीउ छर्ने बेला गोरुले नभई मान्छेले हलो तान्छन् ।
धार्चे गाउँपालिका ४ लाकाप्राकका किसान मकै छर्न व्यस्त छन् । हलो तान्ने र अनौ समाउन व्यस्त बर्लिया युवा लाप्राकको पाखोबारीमा गत शनिबार पसिना काढ्दै थाप्लोमा नाम्लो अड्याएर हलो तान्दै थिए जितान गुरुङ अनौ समातेर घचेट्दै थिए कान्छा गुरुङ । हलोको पछिपछि मकैको बीउ छर्दै थिइन् माया । लाप्राक लगायत यहाँको उत्तरी क्षेत्रमा यसरी मान्छेले हलो तान्ने दृश्य देख्नु नौले होइन् । मंगलबारको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७५ फागुन २१ मंगलवार ०७:५२ मा प्रकाशित