२१ फागुन, काठमाडौ । सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलार्य आत्मसम्मानमा ठोस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो ।
निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा पण्डित बाजेको लौरी चलचित्रमा भएको संवादले वादी समुदायको आत्मासम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षालगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्चले गत बुधबार उपन्यास र चलचित्रका संवादमा लेखिएका शब्द अब अर्को संस्करण निस्केको खण्डमा सुधारसहित ल्याउन सकिनेगरी निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो । सर्वोच्चले फैसलाको पुर्ण पाठ भने जारी गरिसकेको छैन । सर्वोच्चका अनुसार लिखीत पुर्ण पाठ जारी हुन केही समय लाग्नेछ । मंगलबारको नागरिक दैनिक बाट ।
वि.सं.२०७५ फागुन २१ मंगलवार ०८:२० मा प्रकाशित






























