back

निर्णय पुर्नविचार गर्न पार्टीलाई काङ्ग्रेस जिल्ला सभापतिहरुको संयुक्त विज्ञप्ती

वि.सं.२०७५ फागुन २१ मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD


२१ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यसमितिको हालैको निर्णय पुनः विचार गर्न माग गरेका छन् ।

जिल्ला सभापतिहरुले आज एक विज्ञप्तिमार्फत केन्द्रीय पदाधिकारी र सदस्यले विधानबाट स्वतः पार्टीको प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अवसर नदिन पुनः माग गरेका हुन् ।

काँग्रेसको गत पुस २८ देखि माघ ८ गतेसम्म सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यको प्रस्ताव अनुसार विधानमा सो व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यबद्धता जनाएको उनीहरुको भनाइ थियो ।

नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले महासमिति बैठकबाट पारित भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीहरुलाई आश्चर्य चकित तुल्याएको बताए । महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुनसक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

उक्त दुई विषयका सम्बन्धमा महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको जिल्ला सभापतिहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी सङ्गठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पु¥याउने उक्त निर्णयमाथि शीघ्र पुनः विचार गर्न जिल्ला सभापतिहरुले माग गरेका छन् । अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

वि.सं.२०७५ फागुन २१ मंगलवार २१:५७ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...