back
CTIZAN AD

काठ अभावमा गोरखा दरबार पुनः निर्माण रोकियो

वि.सं.२०७५ फागुन २२ बुधवार

684 

shares

२२ फागुन, गोरखा । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । “गएको १०-१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने, “काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छौ ।”

अहिले दरबारको जग निर्माणको काम सकिएकाले इलम ढुङ्गामा थाम राख्न तयारी गरेको भए पनि काठ अभाव भएपछि निर्माणकार्य अवरुद्ध भएको हो । थामका लागि साइजअनुसारको काठ नपाएपछि काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिए ।

पुनः निर्माणका लागि सम्झौता भएको १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न छैन । पटकपटक काम स्थगित हुँदा तोकिएको समयमा निर्माण सम्पन्न गर्न समस्या हुने देखिएको निमित्त प्रमुख कट्टेलको भनाइ छ । राष्ट्रिय पुरातत्व विभागले विसं २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनः निर्माण गर्न ठेक्का सम्झौता गरी पुस महीनादेखि काम अघि बढाएको थियो ।

पुनः निर्माणको काम शुरु भएदेखि अहिलेसम्म धेरै पटक निर्माणकार्य रोकिएको उनले बताए । कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्या लगायतका कारण देखाउँदै काम रोकिने गरेको छ, कट्टेलले भने, “अहिले फेरि काठ अभाव भयो भनेर काम रोकिएको छ । तत्कालका लागि दरबार पुनः निर्माण क्रममा अहिले छ-चार साइजको काठ आवश्यक परेको भन्ने ठेकेदारको भनाइ छ ।

थाम राख्नका लागि मात्र कम्तीमा १०० क्युफिट काठ आवश्यकता पर्ने उनले बताए । गएको एक हप्ता अगाडि नै एक÷दुई दिनभित्रमा आउँछ भन्ने जानकारी पाएको भए पनि अहिलेसम्म काठ नआएको निमित्त प्रमुख कट्टेलको भनाइ छ ।
भनेका बेलामा काठ पाउन गाह्रो हुँदोरहेछ, निमित्त प्रमुख कट्टेलले भने, “ठेकेदारले टिम्बर कर्पोरेशनलाई आग्रह गरेको भए पनि समयमा उपलब्ध हुनसकेको छैन ।” उनले दरबार पुनःनिर्माणका लागि काठ अभाव भएपछि डिभिजन वन कार्यालय गोरखालाई समेत सहयोगका लागि आग्रह गरेको बताए ।

पुरातत्व विभागले विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनःनिमार्ण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पोमा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।

वि.सं.२०७५ फागुन २२ बुधवार ०९:०८ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...