back

‘सबैलाई अध्यक्ष ‘मै बन्छु’ भन्ने कुराले बिगार्यो’

वि.सं.२०७५ फागुन २२ बुधवार

345 

shares
GLOBAL IME AD
NTC AD
संजय थापा, अध्यक्षका उम्मेदवार, एनआरएनए अमेरिका

२२ फागुन, काठमाडौं । एनआरएनए अमेरिकाको आगामी मे मा हुन लागेको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका संजय थापाले सबैलाई आफूनै अध्यक्ष बन्छु भन्ने कुराले विगारेको बताएका छन् ।
आगामी मे महिनामा हुने उक्त निर्वाचनका लागि हालसम्म थापा सहित सुनिल शाह, अर्जन वन्जाडे, सुर्य लम्साल र विनोद तिवारी गरी ५ जनाले उम्मेदवार घोषणा गरेका छन् ।
यस्तो सामाजिक संस्थामा पनि यतिधेरैले अध्यक्षका लागि मरिहत्ते गर्नुपर्छ ? भनेर सोधिएको संसारन्युजको प्रश्नमा अध्यक्ष थापाले भने ‘सामाजिक संस्था हो सवै मिलेर काम गर्न सक्न पथ्र्यो मैले त सवै मिलेर काम गरौ भन्ने प्रस्ताव पनि गरेको थिए, तर सवैलाई आफू मात्र हुनेपर्ने भन्ने कुराले विगार्यो । कतिपय साथीहरु आफ्नो निर्णय भन्दा वाहिरी वातावरणवाट घेरै प्रभावित भएर उम्मेदवार हुनु भएको जस्तो देखिन्छ ।’
थापाले एनआरएनए अमेरिकाको संस्थागत विकास, विकृति र विसंगति निर्मुल पार्ने, नेपालीहरुको सम्बृद्धि, सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन सहयोग गर्ने, आफूले जानेको सीप, आर्जन गरेको ज्ञान र धन मात्र नभएर अन्य नेपालीको लगानीलाई नेपाल लैजान सर्वसुलभ वातावरण निर्माण गर्ने लगायतका ऐजेन्डहरु अगाडि सारेका छन् ।
अमेरिकामा रहेका सम्पूर्ण नेपालीको सुख दुःखमा साथी बन्ने बताउने थापाले ३८ वर्ष निरन्तर विभिन्न सामाजिक संस्थामा नेतृत्वमा रहेर काम गरेको बताएका छन् ।
एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर समेत रहिसकेका थापाका अनुसार नेपालमा विभिन्न क्लव, उच्च मावि तथा सामुदायिक कलेजहरु, नेपाल रेडक्रस, लायन्स कल्व, विभिन्न धार्मिक कार्यको लागि गठन भएका समितिहरु, अमेरिकामा आएपछी वल्ड डोनर एसोसियसन तथा प्रवासी नेपाली मन्च जस्ता अमेरिकी कानुन वमोजिम दर्ता भएका सामाजिक सस्थाहरुमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

वि.सं.२०७५ फागुन २२ बुधवार १४:१७ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...