Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

गोरखा भर्ति केन्द्र बन्द गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका माओवादीका तेह्र कार्यकर्ता पक्राउ



१९ कात्तिक, काठमाडौँ। भारतीय सेनामा कार्यरत नेपालीलार्ई जोखिमपूर्ण क्षेत्रबाट फिर्ता गर्नुपर्ने र गोरखा भर्ति केन्द्र बन्द गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका नेकपा९माओवादी० का पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीसहित १४ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।

गत कात्तिक १५ गतेका दिन जम्मुकश्मिरको राजौरी—बालकोट— मेंढर नजिकको ‘लाइन अफ कन्ट्रोल’मा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको मृत्यु भएपछि गोरखा भर्ती बन्द गर्नुपर्ने माग गर्दै सो पार्टीले आज शान्तिबाटिकामा प्रदर्शन गर्ने क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले प्रदर्शनको क्रममा १३ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

शान्ति सुरक्षालाई ध्यानमा राखी उनीहरुलाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले पोलिटब्युरो सदस्य शर्मासहित आकाश भेटवाल, प्रकाश दाहाल, रवि गोले, साहस भट्ट, टङ्क जोशी, धु्रव अधिकारी, प्रकाश अधिकारीलगायत १४ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

शान्तिबाटिकाबाट जुलुससहित लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकामा शान्तिबाटिकामा प्रहरी हस्तक्षेपपछि ज्ञापनपत्र बुझाउने आजको कार्यक्रम स्थगित भएको केन्द्रीय सदस्य लोहनीले बताउनुभयो ।

माओवादीले नेपाली गोर्खालाई समान सुविधा प्रदान गर्न र गोर्खा भर्ति केन्द्र बन्द गर्न माग गरेको छ । रासस


-->

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा