back
CTIZAN AD

ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

वि.सं.२०७५ फागुन २३ बिहीवार

690 

shares

२३ फागुन, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा. कपिल दवाडी र डा. सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसमेत हुनसक्ने कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा। फुयाल बताउछन् । उनका अनुसार एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुन्छ ।

असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएपछि लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्ध महिलामा यो उपचार विधि अपनाएको थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो भई घर पठाइएको छ ।

नेपालमै यस किसिमको उपचार सम्भव भएकामा खुशी व्यक्त गर्दै बिरामीका आफन्त अमृत गुरुङले भने, “यसबारेमा धेरैलाई जानकारी नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ भने विदेशका महँगो अस्पतालमा लाखौँ रुपैयाँ खर्चिनु परेको छ ।”

अत्याधुनिक प्रविधि र वैज्ञानिक खोजलाई निरन्तर पछ्याइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै सर्वोत्कृष्ट र विश्वस्तरीय उपचार हाम्रै देशमा गराउने अवसर बिरामीलाई दिन सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले बताए ।

वि.सं.२०७५ फागुन २३ बिहीवार ११:५२ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...