back
CTIZAN AD

साउदी अरबमा ३७ औं मगर एकता दिवस सम्पन्न

वि.सं.२०७५ फागुन २५ शनिवार

2.8K 

shares

 

साउदि अरब । नेपाल मगर संघ प्रवास शाखा साउदि अरबले ३७ औं मगर एकता दिवस सम्पन्न गरेको छ । संघले शुक्रबार मार्च ८ तारिखका दिन विशेष कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
साउदि अरबको पुर्वी प्रान्त अलखोबरस्थित दरबार होटेलमा सम्पन्न कार्यक्रममा मगर तथा गैर मगर नेपाली जनसमुदायको बाक्लो सहभागीता रहेको थियोे ।

नेपाल मगर संघ प्रवास शाखा साउदि अरबका प्रमुख संरक्षक प्रेम सिंजाली मगरको सभापतित्व तथा नेपाली राजदूतावास रियादका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी एवम् उनकी धर्मपत्नि सरिता अधिकारीको प्रमुख अतिथ्यामा सुरुवात गरिएको कार्यक्रमलाई संघका प्रमुख सल्लाहकार खिम गर्बुजा मगरले संचालन गरेका थिए ।
कार्यक्रममा तमुधिं प्रवास शाखा साउदी अरबकी प्रथम महिला उपाध्यक्ष तुलसी गुरुङ तथा एनआरएनए एनसीसी साउदी अरबका अध्यक्ष नारायण पासवान विशेष अतिथि रहेका थिए ।
त्यसैगरी कार्यक्रममा एनआरएनए आईसिसि मध्यपूर्व महिला उपसंयोजक यास्मिन बेगम, एनआरएनए आईसिसि मानार्थ सदस्य राजु सैयद,एनआरएनए आईसिसि सदस्य एवम् वैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याण समितिका मध्यपूर्व सहसंयोजक जोन अर्याल, तमुधिं प्रवास शाखा साउदी अरबका अध्यक्ष खेम तमु,एनआरएनए एनसीसी साउदि अरबका महासचिव तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (इन्जा)का सदस्य तेज थापा, किरात राई यायोख्या साउदि अरबका अध्यक्ष राम कुमार राई,अन्तर संस्था समन्वय समिति साउदि अरबका अध्यक्ष कृष्ण पुरीको आतिथ्यता रहेको थियो ।
त्यस्र्तै स्याङ्जा सेवा समाज साउदि अरबका महासचिव टीका के.सी.,फ्रेन्डस अफ नेपाल तथा नेवा ः समाज साउदि अरबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, काभ्रे सेवा समाज साउदी अरबका अध्यक्ष जेन लामा, रोल्पा सेवा समाज साउदी अरबका अध्यक्ष चक्र पुन, एनआरटिएनसि नेपाली समाज साउदिका अध्यक्ष विष्णु पोख्रेल, एनए मिडियाका बजार व्यवस्थापक ढल मगर, डिसि नेपाल साउदि अरबका प्रतिनिधि शुक्र मोक्तान,सैलुङ अनलाइनका नवराज तामाङ, हेल्प मधेस साउदी अरबका अध्यक्ष कमल देव, समान मधेस साउदि अरबका त्रिलोकि शाह,संघिय लिम्बुवान राष्ट्रिय मन्चका केन्द्रीय सदस्य श्रीयावा लिम्बू लगायत विभिन्न संघ–संस्था तथा प्रतिनिधि तथा कलाकारहरु अतिथिको रुपमा सहभागीता जनाएका थिए ।

प्रथम चरणको कार्यक्रम अन्तर्गत राष्ट्रिय गान, दिप प्रज्वलन सहित ज्ञात–अज्ञात सहिदहरुको सम्झना स्वरुप एक मिनेट मौन धारणा समेत गरिएको थियोे भने कार्यक्रम आयोजकको हैसियतमा नेपाल मगर संघ साउदि अरबका का.बा. अध्यक्ष बम थापा मगरले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी मगर एकता दिवसको अवसरमा तमुधि प्रवास शाखा साउदि अरबका अध्यक्ष खेम तमु,एनआरएनए आइसिसि मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम, अन्तर संस्था समन्वय समिति साउदि अरबका अध्यक्ष कृष्ण पुरी, किरात राई यायोख्या साउदि अरबका अध्यक्ष राम कुमार राई, संघिय लिम्बुवान राष्ट्रिय मन्चका केन्द्रीय सदस्य श्रीयावा लिम्बू,तमुधि साउदि अरबकि प्रथम महिला उपाध्यक्ष तुलसि गुरुङ,एनआरएनए साउदि अरबका अध्यक्ष नारायण पासवान,नेपाली राजदूतावास रियादका श्रम सहचारी तथा कार्यक्रमका प्रमुख अतिथि अम्बिका प्रसाद अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।

दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत प्रजवल मगर, सुरेश दङ्गाली मगर, डिके दिपक, कृष्ण किसन,प्रेम डिसी, फणीन्द्र कार्की, हरि कार्की, स्लाम मिया, अमृत गुरुङ, समीर राई लगायतका कलाकारहरुले गीत संगित प्रस्तुत गरेका थिए भने टीका के.सी. तथा लक्ष्मी तामाङको दोहोरिगित पनि दम्दार रहेको थियोे ।
त्यसैगरी धन कुमारी मगर, सिमा तामाङ, मन्जु परियार, कमली तामाङ, मुना तामाङ, पुतली तामाङ, दिक्षा थापा, दिव्य थापा, आइसा अर्याल लगायतका कलाकारहरुले नृत्य प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

मिडिया पार्टनर समेत रहेका एनए मिडिया, डिसि नेपाल तथा शैलुङ अनलाइनले कार्यक्रमलाइ प्रत्यक्ष प्रसारण तथा अनलाइन सम्प्रेषणमा सहयोग पुर्याएका थिए ।

वि.सं.२०७५ फागुन २५ शनिवार ०८:१९ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...