back
CTIZAN AD

धर्म नबेच मित्र हो !

वि.सं.२०७५ फागुन २५ शनिवार

786 

shares


आनन्द प्रसाद शर्मा, हाल रियाद, साउदी अरब

(१)
धर्म भन्ने त हुन् आमा, संस्कृति पहिचान हुन् ।
धर्म भन्ने त हुन् आस्था, विश्वास सहिछाप हुन् ।।
धर्म भन्ने त हुन् सत्य–निष्ठा, संकल्प साश्वत ।
धर्ममा घुम्छ संसार, बाँचेको छ चराचर ।।

(२)
धर्म भन्ने त हुन् आमा, नबेच्नु धर्म मित्र हो ।
धर्म भन्ने त हुन् आस्था, आस्था नबेच्नु मित्र हो ।।
धर्म विश्वास हो सत्य, नबेच्नु धर्म सत्य यो ।
बेची यी सम्पति सारा, खोज्नु के पहिचान त्यो ।।

(३)
धर्म भन्ने त हुन् आस्था, गर्नु सम्मान धर्मको ।
सबैको धर्मको गर्नु, सद्भाव ‘श्रेष्ठ धर्म’ हो ।।
धर्म–सत्भावले सत्रु, हितैषी मित्र बन्दछ ।
धर्म–दुर्भावले गर्दा मित्र, त्यो सत्रु बन्दछ ।।

(४)
सम्पत्ति हातको मैलो, कर्ममा हुन्छ निर्भर ।
पसिना श्रम पोखेमा, जिन्दगी यो छ उर्बर ।।
अन्न–पानी भए हुन्छ, खाँदैन जिन्दगी सुन ।
सम्पति प्राप्तिकै लागि, धर्म नै बेच्नु खै किन ??
(५)
ज्ञान विज्ञान बेचेर, गर्नु सम्मान आर्जन ।
सीप उत्पादन बेची, गर्नु राम्रो धनार्जन ।।
पसिना श्रम बेचेर, पाल्नु शरीर श्रेय हो ।
सम्पत्ति प्राप्तिकै लागि, न्याय नबेच मित्र हो ।।

(कवि नेपाली राजदुतावास रियाद, साउदी अरबका कुटनैतिक नियोग प्रमुख हुनुहुन्छ ।)

 

वि.सं.२०७५ फागुन २५ शनिवार ०८:३१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...