यो धर्ती मेरो बिस्तरा गगन छानो छ
भाग्यमानी छु रे एउटा आँखा सानो छ
म नेपाली हुँ भन्ने प्रमाण यती भए पुग्ला
महोदय,पेटमा,ग्याष्टीक छ,गानो छ
टिल पिल मेरा, दुई नयनमा के देख्नु भो
चोट भुल्न साचेको सराब हो,पुरानो छतलाई खुब मोज छ त्यता भन्छन् साथीहरु
यता न मनमा शान्ती न आँखा ओभानो छ
छोरीको इज्जत जोगाउन यसकारण गाह्रो भो
मान्नुहोस् सिंहदरबारका सबै सेर कानो छ
वि.सं.२०७५ फागुन २५ शनिवार ०९:०१ मा प्रकाशित






























