back
CTIZAN AD

जनसम्पर्क समिति आयरल्याण्डको अधिबेशन २० मईमा, विभिन्न उपसमिति गठन

वि.सं.२०७५ फागुन २६ आइतवार

765 

shares

 

नेपाली जनसम्पर्क समिति आयल्याण्डले २० मईका दिन प्रथम अधिबेशन मनाउँदै छ ।
अधिबेशनलाई भव्यरुपमा मनाउनका लागि समितिले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
समितिका अध्यक्ष शुक्र न्यौपानेको अध्यक्षतामा ४ मार्चमा बसेको कार्यसमिति बैठकले गरेको निर्णय अनुसार २० मईका दिन कोर्क सहरमा सम्पन्न गरिने उक्त कार्यक्रमका लागि गठन गरिएको अधिबशेन मूल तयारी समितिको निर्वाचन संयोजकमा नवराज कोइराला, उप संयोजकमा राम नारायण पौडेल र सदस्यद्धयमा संजय अधिकारी र समीर थापा रहेका छन् ।
त्यस्तै अनुगमन तथा विधान समितिको संयोजकमा विनोद कार्की, अच्युत गैरे, प्रचार–प्रसार समितिको संयोजकमा प्रकाश सापकोटा,उपसंयोजकमा चमन राना र सदस्यमा राजकुमार खरेल र प्रवीन कोईराला रहेका छन् ।
अर्थ समितिको संयोजकमा लक्ष्मी सापकोटा, उपसंयोजकमा राजकुमार महत,गणेश प्रसाई भीम गौतम रहेका छन् भने परामर्श समितिको संयोजकमा अमृत जोशी र सदस्यमा रमेश गुरुङ र हुमनाथ पोखरेल रहेका छन् ।
त्यस्तै सदस्यता वितरण समितिमा संयोजकमा अंकित ओली र सदस्यहरुमा लक्ष्मी पौडेल, संजय अधिकारी,अनिश भण्डारी रहेका छन् भने यातयात तथा अतिथि व्यवस्थापन समितिको संयोजकमा सागर लामा र सदस्यहरुमा शालिकराम खनाल,सुमन गुरुङ्ग रहेका छन् ।
अतिथि सत्कार तथा स्वागत समितिको संयोजकमा श्रीमती भागीरथी त्रिपाठी र सदस्यहरुमा श्रीमती लक्ष्मी पोखरेल, श्रीमती शर्मिला पौडेल श्रीमती सूरक्षा खड्का र प्रजया न्यौपाने रहेका छन् भने हल तथा खाना व्यवस्थापन समितीको संयोजकमा रुपेश रेग्मी, उपसंयोजकमा हरि गौतम, सरोज पोखरेल र राम गुरुङ रहेका छन् ।

त्यस्तै स्वयमसेवक समितिको संयोजकमा लोकेश धामी,उपसंयोजकमा विवेक पोखरेल र सदस्यमा जोनस जोशी रहेका छन् ।
उपसमितिहरूले आ–आफ्ना जिम्माको काम शुरू गरिसकेको जानकारी गराउँदै उक्त अधबेशनको लागी नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट प्रतिनीधि खटाइदिनु भनी पत्राचार समेत भैसकेको बताइएको छ ।
नेपाली जनसम्पर्क समिति आयरल्यान्डले आफ्नो स्थापनाकालदेखि नै यहाँ रहेका भएका समस्त लोकतंत्रवादी, नेपाली कांग्रेसको नीति तथा सिद्दान्तलाई अंगीकार गर्नुहुने समस्त अग्रज, समाजिक, पेशा, व्यवसायी, विधार्थी एवं यहा बसोबास गर्ने दिदीबहिनी तथा दाजुभाइहरुलाई संगठित गराएर यहाँको नेपाली समाज, आफ्नो जन्मभूमि नेपाल र नेपाली जनताको साझा पार्टी नेपाली कांग्रेसको हित एवं संगठन विस्तारमा सहयोग पुगोस् भन्ने हेतूले सदैब काम गर्दै आईरहेको पनि समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

वि.सं.२०७५ फागुन २६ आइतवार ०८:५९ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...