back

सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस

वि.सं.२०७३ कात्तिक २० शनिवार

702 

shares

२० कात्तिक, काठमाडौँ। शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐन (आठौँ संशोधन) कार्यान्वयनसँगै बोर्डमा रुपान्तरण भएको थियो । कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा मानिएको सो नयाँ कानुनले १२ कक्षाको परीक्षालाई सो तहको अन्तिम परीक्षाका रुपमा सञ्चालन गर्ने जिम्मा बोर्डलाई दिएको छ भने पूर्ववत् कक्षा १० को प्रवेशिका परीक्षाको व्यवस्था हटेको छ ।

समितिका संयोजक सहसचिव डा डिल्लीराम रिमालले तीनवटै निकायको सङ्गठन तथा व्यवस्थापन सर्भे कार्य सम्पन्न गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुनेछ । कक्षा ११ र १२ को पाठ्यक्रम पुनःव्यवस्थापन भएपछि बोर्डले पूर्णरुपमा परीक्षा सञ्चालन गर्नेछ । संशोधित शिक्षा ऐन गत असार १५ बाट लागू भएको थियो । रासस

वि.सं.२०७३ कात्तिक २० शनिवार ०७:४७ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...