Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस



२० कात्तिक, काठमाडौँ। शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐन (आठौँ संशोधन) कार्यान्वयनसँगै बोर्डमा रुपान्तरण भएको थियो । कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा मानिएको सो नयाँ कानुनले १२ कक्षाको परीक्षालाई सो तहको अन्तिम परीक्षाका रुपमा सञ्चालन गर्ने जिम्मा बोर्डलाई दिएको छ भने पूर्ववत् कक्षा १० को प्रवेशिका परीक्षाको व्यवस्था हटेको छ ।

समितिका संयोजक सहसचिव डा डिल्लीराम रिमालले तीनवटै निकायको सङ्गठन तथा व्यवस्थापन सर्भे कार्य सम्पन्न गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।

बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुनेछ । कक्षा ११ र १२ को पाठ्यक्रम पुनःव्यवस्थापन भएपछि बोर्डले पूर्णरुपमा परीक्षा सञ्चालन गर्नेछ । संशोधित शिक्षा ऐन गत असार १५ बाट लागू भएको थियो । रासस


-->

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । असोज

वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने