
२९ फागुन, काठमाडौं । नेपाल मेडिकल काउन्सीलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्शासास्त्रमा एमडी÷ एमएस÷ एमडी उत्र्तीण गरेका १ सय ५० डाक्टर मध्ये ११० जना फेल भएका छन् । चीनबाट पढेर आएका ७३ प्रतिशत भन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उत्र्तीण हुन नसकेका हुन् ।
काउन्सीलले चीनको सरकारी विश्वविद्यायल मा समस्य नरहेपनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको थियो ।
बुधबारको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २९ बुधवार ०७:०३ मा प्रकाशित





























