२९ फागुन, काठमाडौं ।अमेरिकन कम्पनी म्याक्सका ७३७ बोइङ ले अब भारतमा पनि उडान गर्न नपाउने भएको छ ।
६ महिनामा दुई ठूला दुर्घटना भएपछि ४४ राष्ट्रले म्याक्सको बोइङ उडानमा प्रतिबन्ध लगाउदै आएका छन् । मंगलबार मात्रै सिंगापुरले पनि आफ्नो आकासमा म्याक्सका जहाज उडान गर्न प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै आज बुधबार भारतको नागरिक उड्डयन मन्त्रालयले पनि म्याक्सको जहाज उडान प्रतिबन्ध लगाएको जनाएको छ ।
मन्त्रायले ट्विट गर्दै भनेको छ, ‘आज साँझ ४ बजे भारतीय शेवा क्षेत्रमा कुनैपनि बोइङ ७३७ म्याक्स मोडललाई प्रवेश गर्ने अनुमति दिइने छैन ।’ मन्त्रालयले यस्तो निर्देशन दिदै यात्रुहरुको सुरक्षाका लागि भारतबाट उडान भर्ने सबै बोइङ ७३७ म्याक्सका विमानमा रोक लगाइएको हो ।
मन्त्रालयले भारतभित्रै उडान गर्ने र भारतलाई ट्रान्जिट बनाएर विदेशबाट आउने ७३७ म्याक्स विमानहरुमा रोक लगाएको छ ।
आइतबार भएको केन्यामा भएको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घटनमा १४९ यात्रुको मृत्यु भएको थियो ।
सो दुर्घटनामा केन्या, क्यानडा, अमेरिका, इजिप्ट, ,चीन, इथोपिया, नेदरल्याण्ड, बेलायत, रुस, फ्रान्स, इटाली गरी ३३ देशका नागरिकहरुको मृत्यु भएको थियो । सोहि दुर्घटनामा नेपाली चेली एकता अधिकारीको पनि मृत्यु भएको थियो ।
In continuation to the decision of DGCA to ground the B737 Max operations, further clarification follows.
B737Max operations Will stop from/to all Indian airport’s. (1/2)— Ministry of Civil Aviation (@MoCA_GoI) March 13, 2019
वि.सं.२०७५ फागुन २९ बुधवार १२:२५ मा प्रकाशित





























