back
CTIZAN AD

पाल्पासम्बन्धी संस्मरणात्मक पुस्तक विमोचित

वि.सं.२०७३ कात्तिक २१ आइतवार

852 

shares

book

२१ कात्तिक, काठमाडौँ । पाल्पाका प्रसिद्ध कविराज दशरथमान सिंहले आफूले हासिल गरेको झन्डै १०० वर्षको अनुभव सङ्कलन गरिएको पुस्तक ‘त्यो समय त्यो परिवेशः मेरो जीवन यात्रा’ संस्मरण यहाँ शनिबार विमोचन गरियो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विमोचन गर्नुभएको उक्त पुस्तकमा ९७ वर्षीय कविराज दशरथमानले सङ्गालेको अनुभव, पाल्पा तानसेनको इतिहास, त्यहाँ नेवारको आगमन, उनीहरूको जमिनमाथिको अधिकार (स्वामित्व) प्राप्ति, पाल्पालाई पाल्पाका रुपमा विकास गर्न राणाको योगदान, तानसेनको बस्ती विकास, पाल्पा र त्यहाँ बसोबास गर्दै आएका नेवारको छवि, चिकित्सा पेसामा शताब्दी पुरुष कविराजको अनुभव तथा युनाइटेड मिसन अस्पतालको स्थापना गरी १० वटा अध्यायमा विभाजन गरिएको छ ।

वनारसको दरभङ्गामा आयुर्वेद शिक्षा हासिल गरी विशिष्टता हासिल गर्नुभएका सिंहले त्रिभुवन कलेज तथा कन्या स्कुलसहित विभिन्न माध्यमिक विद्यालयको स्थापना गरी शिक्षा, समाज सेवा तथा स्वास्थ्यका क्षेत्रमा गरेको अनुभव सङ्कलनकर्ता रामचन्द्रमान सिंहले सो पुस्तकमा विस्तृतरुपमा समेट्नुभएको छ ।

सो अवसरमा ढाका कपडाको क्षेत्रमा पनि परिचित पाल्पाको तानसेनलाई हालको तानसेनका रुपमा विकास गर्न कविराज सिंहका गुरु श्यामकृष्ण मल्ल, भवन डिजाइनर रामकृष्ण श्रेष्ठ जस्ताको पनि महत्वपूर्ण योगदान रहेको जानकारी दिइयो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको पश्चिम क्षेत्रमा रहेको पाल्पा आफैँ गौरवशाली इतिहास बोकेको क्षेत्र रहेको तथा पाल्पाले अन्य जिल्लाका लागि आफ्नो अलग्गै पहिचान प्रस्तुत गर्न सकेको बताउनुभयो ।

उहाँले पाल्पा तानसेनका जनताले गरेको मेहनत, योगदान सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुले कविराज दशरथमान सिंहको योगदान पाल्पा जिल्लाका लागि नमुना रहेको चर्चा गर्दै एलोपेथिक (आधुनिक चिकित्सा) र आयुर्वेदको समन्वयात्मक विकास हुनुपर्ने कविराजको अवधारणा सान्दर्भिक रहेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार विनयकुमार कसजुले कविराजको अनुभव सङ्गालिएको पुस्तक १०० वर्षको पाल्पाको गतिविधि समेटिएको ‘फस्ट ह्यान्ड रिपोर्ट’ भएको चर्चा गर्दै पाल्पामा नेवार जातिको आगमन र त्यहाँ बसेर गरेको परिश्रम स्मरणीय रहेको बताउनुभयो ।

पुस्तकका सङ्कलनकर्ता रामचन्द्रमान सिंह, पुस्तक प्रकाशक न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठले तानसेनको विकासक्रमलाई यसमा सटिक ढङ्गमा राखिएको र यो पुस्तक नयाँ पुस्ताका लागि उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

गुठीका अध्यक्ष श्रेष्ठले भाषा, संस्कृति, इतिहास, कला, आविष्कारजस्ता विषयमा दर्जनौँ पुस्तक प्रकाशित गरिसकेको र त्यस्ता विषयलाई प्रकाशित गरी प्रचारप्रसार गर्दै आएको जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:०५ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...