back
CTIZAN AD

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

वि.सं.२०७५ चैत १ शुक्रवार

651 

shares

१ चैत, काठमाडौ । सप्तरी, कास्की, कञ्चनपुर, मकवानपुर र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं, दाङ मैनाघाटस्थित सडकमा बा ५ च १७४१ नम्बरको कारले फागुन २१ गते ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री प्यूठान हंशपुर -३ की २२ वर्षीया धनकुमारी सुनुवारलाई स्थानीय अस्पताल हुँदै ओम अस्पताल चावहिल, काठमाडौं ल्याइएकोमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । कार र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, कन्चनरुप नगरपालिका९६ स्थित भित्री सडकखण्डमा को ११ प ९३१२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार साँझ मोटरसाइकलयात्री उदयपुर बेल्का नगरपालिका-१ बस्ने ४५ वर्षीय संजय चौधरी गम्भीर घाइते भएकाले उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय मुरली गुप्ताको धर्मेश्वर अस्पताल ठेलियामा उपचारको भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका -१४ चाउथेस्थित सडकमा ग४ प ९४३४ नम्बरको मोटरसाइकललाई ना ३ ख १६४० नम्बरको ट्रकले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ भिमाद नगरपालिका-६ बस्ने २१ वर्षीय राजेन्द्र परियार गम्भीर घाइते भएकाले अन्नपूर्ण अस्पताल हुँदै मणिपाल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७५ चैत १ शुक्रवार १३:३० मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...