back
CTIZAN AD

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बानेश्वरबाट सर्यो

वि.सं.२०७५ चैत १ शुक्रवार

804 

shares

१ चैत, काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले आजदेखि औपचारिक रुपमा बबरमहलबाट आफ्नो सेवा शुरु गरेको छ । यसअघि बार्डले बानेश्वरबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको सहजताका लागि बबरमहलस्थित नेपाल औषधि लिमिटेडको भवनमा कार्यालय स्थानान्तरण गरिएको बोर्डका निर्देशक श्रेष्ठले जानकारी दिए ।

नयाँ स्थानबाट बोर्डले सेवा दिन थालेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आजै कार्यालयको निरीक्षण गरे । सो क्रममा उनले स्थान परिवर्तन भएरमात्र सेवाग्राहीलाई सुविधा नहुने भन्दै मानसिकता परिवर्तन गरेर सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए ।

विदेशी भूमिमा हुने श्रमिकको अस्वभाविक मृत्युलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण गरेर पठाउनेतर्फ ध्यानाकृष्ट भएको बताए । उनले भने, “स्वास्थ्यको सामान्य ख्याल नराख्दा, सामान्यभन्दा सामान्य जानकारी नहुँदा नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको छ, अस्वभाविक मृत्यु न्यूनीकरण गर्न श्रमिकलाई सम्बन्धित देशको भाषा, हावापानीलगायत विषयमा अभिमुखीकरण गरेर पठाउनुपर्छ ।”

विभिन्न कारणबाट मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिले पाउनुपर्ने क्षतिपूर्तिका लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति तथा आर्थिक सहायता वितरण गर्नेगरी काम थालनी गरिएको उनको भनाइ छ ।

वि.सं.२०७५ चैत १ शुक्रवार १९:०८ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...