back
CTIZAN AD

विषाक्त रसायन नदीमा फाल्दा दुई हजार मलेसियाली बिरामी

वि.सं.२०७५ चैत १ शुक्रवार

657 

shares

१ चैत, क्वालालमपुर (रासस/एएफपी) । मलेसियामा ४० टन भन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदुशित हावाका कारण कैयौँ बालबालिकासहित झण्डै दुई हजार व्यक्ति विरामी भएका छन् ।

स्थानीय अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार नदीको पानीमा मिसाइएको विषाक्त रसायनबाट निस्केको ग्यास वातावरणमा फैलिँदा मलेसियाको दक्षिणी जोहोर राज्यमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरू विरामी परेका हुन् । हावामा विषाक्त ग्यास फैलिएका कारण बालबालिका तथा वृद्धवृद्धामा यसको प्रभाव बढी परेको बताइएको छ ।

घटनापछि जोहोर राज्यमा रहेका झण्डै दुई सय विद्यालय तथा पुर्व प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । गत हप्ता फालिएको विषाक्त पदार्थले असर गर्नसक्ने देखिएपछि ती शैक्षिक संस्थाहरु बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

विषाक्त पदार्थले असर गरेका व्यक्तिहरुलाई अरुची हुने, टाउको दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । विरामी भएका मध्ये केहीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

विषाक्त पदार्थका कारण कुल दुई हजार ३५५ जना विरामी भएकोमा ११३ जना अझै पनि उपचारका लागि अस्पतालमै रहेको उनीहरुको भनाई छ । अहिलेसम्म मृत्यु भने कसैको पनि नभएको पनि अधिकारीहरुले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री महाथिर मोहम्मदले बिहिबार नै विरामीहरुलाई उपचार गराइएको ठाउँमा पुगेर भेट्नुका साथै अवस्थाका बारेमा जानकारी लिनु भएको छ । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता र गम्भीरतापुर्वक ती विरामीहरुले उपचार गर्न आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराईने आश्वासन पनि दिए ।

विरामी र स्वास्थ्यकर्मीहरुलाई भेटेपछि प्रधानमन्त्रीले भनेका छन्, “उनीहरुले आफ्नो काम राम्रोसँग गरेका छन्, तैपनि केही विरामीहरुको अवस्था गम्भीर नै रहेको पाइयो ।”

औद्योगिक सहर पासिर गुडाङको नदीमा भएको यो समस्या अन्यत्र फैलिन र थप अरुलाई असर पर्न नदिन तत्काल समाधान गर्ने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा दोषी भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरु दोषी ठहरिएमा वातावरण संरक्षण सम्वन्धी ऐन अनुसार पाँच बर्ष सम्म जेल सजाय हुन सक्ने बताइएको छ ।

वि.सं.२०७५ चैत १ शुक्रवार १९:२३ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...