back
CTIZAN AD

चीनको विश्वव्यापी नेतृत्वलाई अमेरिकाको तुलनामा उच्च अनुमोदन मूलयाङ्कन

वि.सं.२०७५ चैत ३ आइतवार

600 

shares

३ चैत, बेइजिङ । सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन ( मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ ।

’ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त अध्ययनले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्भेक्षणमा समावेश गरेको थियो ।

चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कनमा ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको स्थान झर्दै ३१ प्रतिशत रहेको देखिएको छ ।

सन् २०१७ मा अमेरिका र चीन झण्डैझण्डै बराबरी स्थानमा थिऐ भने पछिल्लो तथ्याङ्कमा चीनले अमेरिकालाई उछिनेको छ ।

चीनले छिमेकी देश पाकिस्तानबाट सबैभन्दा धेरै ७३ प्रतिशत स्वीकृति पाएको छ भने अफ्रिकी देशहरूबाट ५३ प्रतिशत पाएको छ ।

वि.सं.२०७५ चैत ३ आइतवार ०९:३७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...