back

ट्रम्पको पक्षमा सुधारात्मक परिणाम, अझै क्लिन्टन अगाडि

वि.सं.२०७३ कात्तिक २१ आइतवार

408 

shares
GLOBAL IME AD
NTC AD

२१ कात्तिक, क्लेभल्याण्ड (संयुक्त राज्य अमेरिका) । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच आगामी शनिबार हुने निर्वाचन आफ्ना आफ्ना चुनावी मुद्दालाई थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी छ ।

यसै सिलसिलामा दुई प्रतिस्पर्धी र उनीहरूका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारी स्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन् ।

ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिकामा क्लिन्टनको इमेल लगायतका काण्डलाई विशेष व्याख्या र आकर्षक बनाइ छापिएका छन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार क्लिन्टनले आफ्नो चुनावी अभियानमा शनिबार वियोन्सजस्ता सुपरस्टार गायकलगायतका आफ्ना शुभेच्छुकलाई चुनावी अभियानमा ल्याउनुभयो ।

अमेरिकी सर्वेक्षणले शनिबारसम्म क्लिन्टनलाई अगाडि देखाए पनि उहाँको इमेल काण्डलाई एफबिआइले निर्वाचनको सङ्घारम आएर सशक्त उठाइदिँदा ट्रम्पप्रति यसअघि देखिएको समर्थनमा थप वृद्धि भएको देखिएकोे छ ।

क्लिन्टनले आफ्नो चुनावी अभियानलाई शुक्रबार र शनिबार क्लेभल्याण्ड, ओहायो, डेट्रोइट, मिचिगन क्षेत्रमा केन्द्रित बनाउनुभयो । एएफपी

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:४९ मा प्रकाशित

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी...

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी...

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

पहलगाम (भारत) । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा...