
४ चैत, वेलिङटन । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा १० दिनभित्र बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने धारणा राखेका हुन् ।
बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमति भएको एर्डेनले मन्त्रिपरिषद्को बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताएका छन् ।
यद्यपी यस कानूनमा के कस्तो सुधार गरिने हो भन्ने बारेमा भने उनले विस्तृत जानकारी दिएका छैनन् ।
गत शुक्रबार मात्र न्युजिल्याण्डमा क्राइस्टचर्चमा भएको आतङ्ककारी हमलाबाट ५० जना व्यक्तिको ज्यान गएपछि बन्दुकसम्बन्धी कानूनलाई सक्दो छिटो सुधार गर्ने बताएका हुन् ।
क्राइस्टचर्चमा भएको आतङ्ककारी आक्रमणको पनि अनुसन्धान भइरहेको उनले बताएका छन् ।
यस भीषण आक्रमणमा परी थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्चलगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
वि.सं.२०७५ चैत ४ सोमवार १७:२६ मा प्रकाशित






























