back
CTIZAN AD

नागरिकता बारेको भ्रम चिर्दै एनआरएनएद्वारा विज्ञप्ती

वि.सं.२०७५ चैत ५ मंगलवार

618 

shares


५ चैत्र, काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्बन्धमा संचार माध्यममा विभिन्न खालका टिकाटिप्पणी आएपछि गैरआवासीय नेपाली संघले यसबारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकता सम्बन्धमा लबिङ गर्दै आएको संघले यस्ता टिकाटिप्पणीका कारण एनआरएनबीच भ्रम सिजर्ना भएको भन्दै प्रष्ट पारेको हो।

संघका प्रवक्ता भुषण घिमिरेद्वारा जारी विज्ञप्तीमा ‘संसदको तल्लो सदन प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधिन रहेको अवस्थामा संचारमाध्यममा आएका कुराहरुकै आधारमै मात्र निष्कर्षमा नपुग्न र संघको आधिकारीक धारणा पर्खन समस्त गैरआवासीय नेपालीहरुमा अनुरोध गर्दछौं’ भनिएको छ । साथै सरकार एवं संसद र विशेष गरी संसदीय समितिसंग नागरिकता संबन्धी ऐनलाई छिटो निर्णयमा पुर्याई सहज रुपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने वातावरण यथाशक्य चाँडो बनाईदिन अनुरोध पनि गरिएको छ ।

अझै पनि समितिको प्रतिवेदन तयार भईनसकेको र समितिमा भएको विचार विमर्श एवं छलफलमा कुरा उठेकै भरमा कुनै निष्कर्षमा नपुग्न समस्त गैरआवासीय नेपाली समक्ष हार्दिक अनुरोध गर्दै संघको लक्ष्य सम्पूर्ण अधिकारसहितको नेपाली नागरिकताको निरन्तरता नै भएको स्पष्ट पारिएको छ ।

विज्ञप्तीमा ‘गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सदाको नेपाली(Once a Nepali, always a Nepali) भन्ने मूल भावनालाई आत्मसाथ गर्दै विदेशमा गएका र विविध कारणले विदेशी मुलुकको नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालसंग आबद्ध राख्न नेपाली नागरिकताको निरन्तरताको अभियान चलाउँदै आएको हो । गैरआवासीय नेपाली संघको प्रयासको परिणाम स्वरुप गैरआवासीय नेपालीहरुलाई नेपालमा कानुनी मान्यता दिने गैरआवासीय नेपाली सम्बन्धी ऐन आएको थियो । संविधान निर्माणको बेलामा पनि संघले नेपालको नागरिकताको निरन्तरताको लागि पहल गरेको हो र संविधान सभाले गैरआवासीय नेपाली नागरिकताको प्रावधान सहितको संविधान बनाएकोमा संघले सरकार, संविधान सभा लगायत सबै पक्षलाई आभार प्रकट गरेको हो । संविधानको प्रावधान लागु गर्न कानुन निर्माण गर्ने प्रकृयामा नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सुक्ष्म अध्ययन गरी संघको तर्फबाट पनि सुझावहरु पेश गरिएको थियो । यस विधेयकले नागरिकता जस्तो संवेदनशील विषयलाई समेटेकोले यसमा बृहत्तर छलफल र चासो हुनुलाई स्वभाविक ठानेका छौं,’ भनिएको छ ।

हाल सम्म सो विधेयक संसदको तल्लो सदन प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधिन छ र संघ संसदको संबन्धित समितिका सभापतिसंग निरन्तर सम्पर्कमा रहेको समेत जानकारी गराइएको  विज्ञप्तीमा बताइएको छ ।

अहिलेको नेपालको कानुनी व्यवस्थामा विदेशी मुलुकको नागरिकता लिए पछि नेपालको नागरिकता स्वतः खारेज हुने व्यवस्था रहेको जनाउँदै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएपछि विदेशी नागरिकता लिएको व्यक्तिले पनि गैरआवासीय नेपाली नागरिकको हैसियतमा नेपालमा अन्य नेपाली नागरिकले सरह सम्पत्ति राख्न पाउने, नेपालमा व्यवसाय गर्न पाउने, नेपालको आर्थिक सामाजिक जीवनमा सहभागी हुन पाउने संघको बुझाई रहेको पनि उल्लेख गरिएको छ ।

वि.सं.२०७५ चैत ५ मंगलवार १६:०८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...