
८ चैत, काठमाडौ । नेपाल बार एसोसीएसनको चुनावमा तयार भइरहेका नयाँ–नयाँ समीकरणले कानुन व्यवसायी वृतमा एक खाले तरंग सृजना गरेको छ । पछिल्लो पटक तराई केन्द्रीत दल सर्मर्थीत कानुन व्यवसायीहरुले नेपाल लयर्स एसोसीएसनको प्यानललाई समर्थन गरेर सबै लाई आश्चर्य चकीत पारिदिएका छन् ।
प्रगतिशिल, पेसागत र समावेशी समुहलाई तराई केन्द्रीत दलका कानुन व्यवसायीहरुले निर्सत समर्थन गरेको एनएलए का संयोजक रुद्र नेपालले जानकारी दिएका छन् । करीब ४ सय कानुन व्यवसायीहरु संगठीत रहेको समुहले आफुहरुको समुहलाई निसर्त समर्थन गरेको खरेलले बताए । तराईमा वामपन्थी तथा पेशागत वकिलहरु कमजोर रहेको भन्नेहरुलाई यसले राम्रै झड्का दिने नेपालले जानकारी दिएका छन् ।
वि.सं.२०७५ चैत ८ शुक्रवार १५:१८ मा प्रकाशित






























