back
CTIZAN AD

मुख्य सहरी क्षेत्रमै सार्वजनिक शौचालय नभएपछि नागरिकलाई सास्ती

वि.सं.२०७५ चैत ८ शुक्रवार

576 

shares

कृष्ण आचार्य ८ चैत, भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा नागरिक सास्ती खेप्न बाध्य छन् ।

खुला दिसामुक्त घोषणा गरिएको महानगरपालिकाका अधिकांश क्षेत्रमा सार्वजनिक शौचालय रहेको छैन् । भरतपुर र नारायणगढका मुख्य शहरी क्षेत्रमा भएका शौचालय पनि व्यवस्थित हुन सकेका छैनन् । महानगरपालिकाले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा बटुवा, लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् ।

उनीहरूले सवारी साधनकै छेल पारेर खुलारूपमै दिसापिसाब गर्दै आएका छन् । कतिपय भने दिसापिसाब गर्नकै लागि होटलमा पसेर चिया–नास्ता खानुपर्ने बाध्यतामा पर्छन् । “सार्वजनिक शौचालय नभेटेपछि होटल छिर्नुको विकल्प भएन, नवलपुरका शिव पौडेलले भने”, “भरतपुरलाई सफा शहर मान्छौँ । सार्वजनिक शौचालय नभएकाले दुर्गन्ध फैलिएको देखेँ ।” अझ कतिपय सर्वसाधारण विभिन्न पसल, हस्पिटल र बैंकमा शौचालय प्रयोगका लागि पुग्नुपर्ने बाध्यता छ ।

व्यस्त नारायणगढ र भरतपुरको मुख्य बजार क्षेत्रमा बढी जनघनत्व भएका स्थानमा सार्वजनिक शौचालयको आवश्यकता छ । हाल भरतपुर महानगरपालिकामा १२ वटा सार्वजनिक शौचालय रहेको भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख इञ्जिनीयर विराट घिमिरेले जानकारी दिए ।

केन्द्रीय बसपार्क, नारायणगढ बसपार्क, चौबिसकोठी, नारायणी किनार, आँपटारी, पुल्चोकलगायतका ठाउँमा सार्वजनिक शौचालय छन् । नारायणी किनारको शौचालय पाँच टोल विकास संस्थाले सञ्चालन गर्दै आइरहेका छन् भने आँपटारीको खानेपानी व्यवस्थापन बोर्ड र चौबिसकोठीको क्षेत्री समाज चितवनले सञ्चालन गरिरहेका छन् । तर लायन्सचोक, शहीदचोक, क्याम्पसगेट, हाकिमचोक, मालपोत चोक, विशालचोकलगायतका अति व्यस्त ठाउँमा तत्काल सार्वजनिक शौचालय आवश्यक छ ।

सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाएकाले बनाउन नसकिएको इञ्जिनीयर घिमिरेले बताए । “सडकको दायाँबायाँ ५० मिटर क्षेत्र सडकको पर्छ, त्यसपछिको क्षेत्र व्यक्तिको हुन्छ”, घिमिरेले भने, “शौचालय कहाँ बनाउने समस्या छ ।” बजार क्षेत्रका प्रत्येक पसलले आफ्ना ग्राहकका लागि शौचालय प्रबन्ध गर्नसके शौचालयको धेरै समस्या हल हुने उनको तर्क छ । “सार्वजनिक, निजी साझेदारी मोडेलमा शौचालय बनाउने योजनामा छौँ”, उनले भने, “जग्गाप्राप्त भएमा बजेटको अभाव छैन ।” पाँच वर्षदेखि भरतपुरमा घुम्ती शौचालय प्रयोगमा ल्याए पनि प्रभावकारी देखिएन् । भएको एउटा घुम्ती शौचालय पनि बिग्रिएका कारण प्रयोगमा छैन ।

घुम्ती शौचालय पनि प्रयोगमा ल्याउन समस्या भएको इञ्जिनीयर घिमिरेले बताए । दुर्गन्ध हुने भन्दै बजार क्षेत्रका पसल अगाडि शौचालय राख्न नदिएको उनको भनाइ छ । घिमिरेले सार्वजनिक क्षेत्रमा शौचालय निर्माणका लागि स्पष्ट नीति ल्याउनुपर्ने धिमिरेले बताए ।

सरसफाइ अभियान्ता भोजनारायण कँडेलले महानगरपालिकामा भएका सार्वजनिक शौचालय पनि व्यवस्थित नभएको गुनासो गरे । घरबाट निस्कँदा शौचालय अभावकै कारण पानी पनि नखाइ निस्कने गरेको अनुभव उनले सुनाए । कतिपय क्षेत्रमा सार्वजनिक शौचालय भएका ठाउँमा पनि मानिसले खुला ठाउँमा सौच गर्ने गरेको उहाँको भनाइ छ । “सबैभन्दा पहिले हाम्रो मानसिकतामा परिवर्तन आउनुपर्छ”, उनले भने, “सानैदेखि खुला ठाउँमा सौच गर्न हुन्न भन्ने संस्कार हामीले दिन सकेका छैनौँ ।”

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै जग्गाप्राप्तिका लागि आवश्यक समन्वय गर्न प्रशासन तयार रहेको बताए उनले सुन्दर शहरको परिकल्पना अति आवश्यक कुराबाट मात्र सम्भव हुने बताए ।

भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सार्वजनिक शौचालय अति आवश्यक रहेको भन्दै स्मार्ट शौचालयको अवधारणा अघि बढाएको बताए । सार्वजनिक जग्गाको पहिचान गरी शौचालय निर्माणलाई छिट्टै अघि बढाइने उनको प्रतिबद्धता छ ।

वि.सं.२०७५ चैत ८ शुक्रवार १६:४८ मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...