
९ चैत, ब्राजिलिया। ब्राजिलका पूर्वराष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राजनीतिकर्मी र कर्मचारीतन्त्रका बीचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसपछि उनलाई सङ्घीय प्रहरीले रियो दि जेनेरियो लगेको छ ।
पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए । पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको अभियोग लागेपछि पदमुक्त भएका थिए ।
उनलाई भ्रष्टाचार अपराध, आपराधिक सङ्गठन र सम्पत्ति शुद्धीकरणका विषयमा थप छानबिन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् ।
यस्तै अभियोगमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । यसरी पक्राउ पर्ने प्रमुख राजनीतिज्ञमा पूर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पूर्वखनिज तथा ऊर्जामन्त्री मोरेइरा फ्रान्सोलाई पनि पक्राउ गरिएको छ ।
वि.सं.२०७५ चैत ९ शनिवार १३:१३ मा प्रकाशित






























