back
CTIZAN AD

हङकङ मामिलामा अमेरिकाले चासो देखाएको भन्दै चीनको असन्तोष

वि.सं.२०७५ चैत ९ शनिवार

645 

shares

९ चैत, हङकङ ।  हालै अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ’हङकङ नीति तथा ऐन वार्षिक प्रतिवेदन’मा चीनको केन्द्रिय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन निन्दा गरिएको भन्दै चीनले यसको विरोध गरेको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्रबारे अमेरिकाद्वारा अनावश्यक टिप्पणी गर्नु ठीक नहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताए ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङले हङकङ मातृभूमिमा समाहित भएपछि ‘एक देश दुई व्यवस्था’, ’हङकङबासीद्वारा हङकङको प्रशासन’ भन्ने सिद्धान्तको व्यवहारिक कार्यान्वयन गरिरहेकोले कानून आधारित हङकङबासीहरूसँगको हक–अधिकार तथा स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिइरहेको बताए । चीन सरकारले अक्षरशः संविधान तथा आधारभूत ऐनको पालना गरिरहेको पनि प्रवक्ता कङले जनाएका छन् ।

प्रवक्ता कङले थपे, “वास्तविकताका वाबजुद चीनको आन्तरिक मामिलाबारे चर्चा गरेको अमेरिकाले सार्वजनिक गरेको सो प्रतिवेदनमा चीनको केन्द्रिय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन आरोप हो ।” अमेरिकाले हङकङसम्बन्धी विषयमा होसियारीपूर्वक विचार राख्न उहाँले सुझाव दिए ।

वि.सं.२०७५ चैत ९ शनिवार १३:१६ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...